धनुषामा अवैध सालको काठ बरामद



ढल्केवर– धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तल्लो तुलसीबाट भारी मात्रामा अवैध काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरले तल्लो तुलसीबाट भारी मात्रामा अवैध सालको काठ बरामद गरेका हुन् ।


 

ईप्रका ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले तुसलीको घर छेउछाउ तथा खेतबारीमा फालिएको अवस्थामा १५ थान फल्ली र ८ थान गोलिया काठ रहेको बताए । लकडाउनको मौकामा जङ्गलबाट काठ तस्करी भइरहेको सूचनाको आधारमा मंगलबार साँझ गस्ती गर्दै जाँदा सो काठ फेला परेको हो ।

बरामद भएका काठ सम्बन्धमा आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि डिभिजन वन कार्यालय धनुषालाई पत्रचार गरी जानकारी गराइसकेको प्रनि कार्कीले जनाए । बरामद भएका काठ ईप्रकामा राखिएको छ ।

लकडाउनको मौका छोपरे काठ तस्करहरुले वन फडानी तिब्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button