हावाहुरीले सर्लाही जिल्लाभर विद्युत् सेवा अवरुद्ध



मेरो पैदेश सम्वाददाता
सर्लाही
मंगलवार राती आएकोे हावाहुरीले सर्लाही जिल्लाभर विद्युत् सेवा अवरुद्ध हुंदा वुधवार बिहानैदेखि नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रबाट प्राविधिक खटि मर्मको काम गरिरहेका छन् ।


सर्लाहीमा रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी प्रशारण लाईनमा सानो हावाहुरी चल्ने बित्तिकै समस्या आउने गरेको छ । राती ठूलै हावाहुरी चलेकाले क्षतिको अवस्था बुझ्न प्राविधिकहरुको टोलीले बागमती पारीको जंगलमा गस्ती गरिरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर रायले जानकारी दिए ।

क्षतिको अवस्था थाहा पाएपछि मात्रै बिजुली सूचारु हुने प्राविधिकहरुले बताएका छन् । यस्तै जिल्लाको ईश्वरपुर क्षेत्रमा हावाहुरीपछि केही पोल भाँचिएकोले मुख्य लाईन सूचारु गरेपछि जुन क्षेत्रमा समस्या आएको छ त्यही क्षेत्रको मात्रै लाईन काटेर मर्मतको काम गरिने लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button