प्रदेश २ सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन परीक्षणको दायरा बढाउने



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन कोरोना भाईरस परीक्षणको दायरा बढाउने रणनीतिमा लागेको छ । त्यसका लागी सरकारले भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थप्दै


सङक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको छ । प्रदेश सरकारले ‘सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षणकासाथै आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरेको छ ।
गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ । सबैको रिपोर्ट निगेटिभ आएको छ ।

बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button