चैत ११ देखि जारी लकडाउनलाई निरन्तरता दिदै बैशाख १५ गत्ते सम्म थप्ने निर्णय

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्रीे निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठककले चैत ११ देखि जारी लकडाउनलाई निरन्तरता दिदै बैशाख १५ गत्ते सम्म थप्ने निर्णयगरेको छ । यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका समेत बन्द नै राख्ने निर्णय गरेको छ।
सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्रा्ष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ। नेपालमा मन्त्रिपरिषद्को बैठक बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइसकेका छन्।
मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको हुनाले परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन लम्ब्याइएको हो ।