सर्लाहीमा लकडाउन उल्लंघन गर्ने ४ सय ५० सवारी साधन प्रहरीको नियन्त्रणमा

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाही प्रहरीले लकडाउन उल्लंघन गर्ने ४ सय ५० सवारी साधनलाई नियन्त्रणमा लिईएकोे छ ।
विश्वव्यापी रुपमा फैलिएकोे कोरोना भईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले चैत ११ गते देखी शुरु गरेको लकडाउनयता जिल्लाका बिभिन्न स्थानबाट ठूला तथा साना सवारी साधन गरी ४ सय ५० वटा सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आईतबार मात्रै हरिवन, लालबन्दी, मलंगवा सहित जिल्लाका विभिन्न स्थानमा १०० भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिईएको सर्लाही प्रहरीले जनाएको छ ।