बीरगञ्जलाई सिल गर्ने तयारी

मेरो प्रदेश सम्वाददाता
पर्सा
३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि बीरगञ्जलाई सिलबन्दी गर्ने तयारी भइरहेको छ ।
वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिएका तिनैजना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो । यो खबर बाहिरिएसँगै सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी थालेको छ ।
उनीहरूमा कोरोना देखिएसँगै नारायणी अस्पतालको ओपिडी सेवा समेत बन्द गरिएको छ । संक्रमित भारतीय नागरिकको अहिले सोही अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बताईएको छ ।