स्थानीय तहलाई पीपीई सेट



मेरो प्रदेश सम्वाददाता
सर्लाही


पीपीई अभावले कोरोना भाईरस (कोभिड–१९) संक्रमण विरुद्ध चलाईने अभियानमा बाधा पुगेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्ला स्थित स्थानीय तहलाई पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) सेट प्रदान गरेको छ ।

समितीले जिल्लाभरका २० वटा स्थानीय तहका लागि ५–५ वटा पीपीई सेट विपद् व्यवस्थापन समितिको कोषबाट खरिद गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनबहादुर जिसीले जानकारी दिए । उनले धेरैजसो स्थानीय तहलाई पिपिई बितरण गरिसकेको र अब २–३ वटा पालिकालाई मात्र बितरण गर्न बाँकी रहेको बताए ।

उनका अनुसार (आज) आईतबार मात्र हरिवन, लालबन्दी, बागमती, ईश्वरपुर, हरिपुर लगायत नगरपालिकालाई उक्त सामग्री प्रदान गरिएको छ । सेटमा गाउन, ग्लोब, मास्क, गमबुट लगायत आवश्यक सामग्री रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button