धनुषाबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ

मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा भरुवा बन्दुक सहित दुईजाना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुर घर भएका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन् ।
उनिहरुलाई स्थानिय खोलाबाट १ थान भरुवा बन्दुक सहित आइतबार बिहान पक्राउ गरिएकोहो । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज १२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेक जाँच गर्ने क्रममा लोड भएको बन्दुक सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।