कोभिड–१९को सम्भावित जोखिमका बीच पनि महोत्तरी र धनुषाका किसान गहुँ बाली भित्र्याउँन ब्यस्त



निकेश खनाल
महोत्तरी


कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन सकेका छ्रैनन् ।

लकडाउनकै समयमा किसानको खेतबारीमा गहुँ पाकेर पहेँलपुर हुँदा महोत्तरी र धनुषामा देखिएको मजदूरको अभावले बाली कसरी भित्रर्याउने भन्ने चिन्ताले आम किसानलाई पिरोल्दा कतिपय किसानले कोरोना भाईरसको जोखिम विरुद्ध साहस र आत्मबल जुटाउँदै बाली भित्रर्याउनमा ब्यस्त देखिन्छन ।

आफुहरुले आत्मबल जुटाउँदै सुरक्षित भएर काम गरेमा कोरोनाले छुन नसक्ने उनिहरुको दाबी रहेको छ । खेतमा गहुँ बाली काट्दै गरेका किसान रोगको संक्रमण हुन नदिनका लागि एकआपसमा निश्चित दूरी कायम गरेर सचेत हुँदै बाली काट्नमा ब्यस्त देखिन्छन् ।

आफुहरुले भिड्भाड् नगरेर सुरक्षित ढङ्गले भए पनि वर्षभरी हातमुख जोर्ने बाली काटेर भित्र्याउनु पर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button