प्रदेशिक अस्पताल जनकपुरमा र्यापिड टेस्ट सुरु



मेरो प्रदेश सम्वाददाता
धनुषा
संघीय सरकारले किट पठाए लगतै प्रदेश २ को प्रदेशिक अस्पताल जनकपुरधाममा र्या्पिड टेस्ट सुरु भएको छ ।
यो टेस्टबट कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने चिकित्सकहरुको विश्वास रहेको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान किट उपलब्ध गराएपछि प्रदेशिक अस्पतालमा र्या्िपड टेस्ट सुरु गरिएको हो ।


र्या्िपड किटमार्फत गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट आएमा कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजय कुमार झाले जानकारी दिए ।

कोरोनाका शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्या्पिड टेस्टले तत्कालै परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने झाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button