लुकिछिपी भारतबाट आएका ५३ जना क्वारेन्टाइनमा



मेरो प्रदेश सम्वाददाता
सर्लाही
लकडाउन उलंघन गरी गाउँ आएका सर्लाही चन्द्रनगरका स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ ।


नेपाल र भारत दुवै देशमा
लकडाउन भैरहेको समयमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर नेपाल प्रबेश गरेका हरुलाई क्वारेन्टाइनमा राखिएको हो । सर्लाहीको चन्द्रनगरसँगै ईश्वरपुर, हरिपुर, चक्रघट्टा र महोत्तरीको गौशाला समेतका केही मानिस भारतबाट सँगै आएका पाइएकोले

कोभिड–१९ अर्थात कोरोना भाइरस फैलिने खतरा बढेको छ ।

सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगरमा सुक्रवार साँझसम्म ५३ जना भारतबाट हिँडेरै गाउँ आइपुगेको सूचना पाएको आधारमा गाउँ आएकाहरुलाई खोजीगरी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताए । गाउँमा शुक्रवार बेलुकासम्म ४७ जना आएकोमा शनिवार बिहान ६ जना थपिएका हुन् ।

भारतबाट लुकिछिपी गाउँ आएकाहरुबाट कोरोना फैलन जोखिम हुने भएकाले क्वारेन्टाइनमा बसिदिन चिकित्सकले आग्रह गरिरहेका छन् ।
जिल्लाको खुला सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखु बारी, खेतको आली खोलाबाट मानिस आइरहेका छन । त्यसरी आउनेलाई रोक्न भारतीय अधिकारीसँग समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button