अज्ञात समूह द्वारा दुई बिघाको गहुँबालीमा आगजनी



मेरो प्रदेश सम्वाददाता
धनुषा


धनुषामा अज्ञात समूहले दुई बिघाको गहुँबालीमा आगजनी गरी नष्ट गरेको छ ।
धनुषाको सवैला नगरपालिका–१घर भएका सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट गर्दा

करिब एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेर नस्ट भएको छ । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामकालागी सरकारले गरेको लकडाउनको समयमा यादवको धनुषाधाम नगरपालिका–३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button