विपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर खानेलाई राहत



मेरो प्रदेश सम्वाददाता
सर्लाही


सर्लाहीको ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधिले अतिविपन्न गरिब तथा दैनिक ज्यालादारीमा काम गरेर खाने परिवारलाई राहत वितरण गरेका छन् । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ३१७ गरिब तथा विपन्न घरधुरीलाई जनप्रतिनिधिले राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन ।

बिहीबार वडाभरिका लक्षित परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताए । त्यसैगरी सर्लाहीकै कविलासी नगरपालिकामा पनि ११५ घरधुरीलाई राहत बितरण गरीएको छ ।

नगरपालिको वडा ९ र १० का अतिविपन्न गरिब तथा दैनिक ज्यालादारीमा काम गरेर खाने ११५ घरधुरीलाई समाजवादी पार्टीका कविलासी नगरपालिकाका नगर कमिटी उपाअध्यक्ष सङ्गीतादेवी यादवले राहतस्वरुप चामल, दाल, आलु, नुनलगायतका खाद्यान्न सामग्री वितरण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button