सांसद चन्दा चौधरी द्वारा जिल्ला अस्पताल मलङ्गवालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण



मेरो प्रदेश सम्वाददाता
सर्लाही
हाल बिश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट संत्रास फैलिरहेको अवस्थामा कोभिड १९ को सङ्क्रमणबाट बचाउन सर्लाही क्षेत्र २ की सङ्घीय सांसद चन्दा चौधरीले जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीमार्फत जिल्ला अस्पताल मलङ्गवालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेकी छिन् ।


सभापति चौधरीले पिपीइ सेट, स्यानिटाइजर र एन–९५ मास्क अस्पतालललाई प्रदान गरेकी अस्पतालका मेडिकल अधिकृत डा. अभिनाश सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button