प्रदेश नं २ काे ५ वटा अस्पतालकाे स्तराेन्नति हुँदै

कोरोना भाइरस(कोभिड१९) काे महामारी नियन्त्रणको लागि प्रदेश नं २ काे सरकारले प्रदेशभरीका अस्पतालहरू मध्ये पाँच वटा अस्पतालकाे स्तराेन्नति गर्ने निर्णय गरेकाे छ ।
प्रदेश मन्त्रिपरिषदको हिजाे सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा स्तराेन्नति गर्ने निर्णय गरेकाे छ ।
बाराको कलैयामा रहेकाे जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरमा रहेकाे अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ। जलेश्वर अस्पतालले बुधबारबाटै स्तरोन्नतिको काम शुरु गरी सकेको छ भने बाराले हिजाेबाट स्तरोन्नतिको काम शुरु गरिसकेकाे छ ।
त्यसैगरी पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।