सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गर्याे



मृरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय सरकारले रद्द गरेको छ । सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाहरुको ब्यापक विरोध भएपछि निर्णय उल्टाईएको हो ।


कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले छलफलमात्र गरिएको निर्णय नभएको जनाएको छ । निर्णय लगत्तै काठमाडौं छाड्न चाहनेहरुमा खुशियाली छाएको थियो । तर, निर्णय उल्टिएपछि उनिहरु दुःखी भएका छन् ।

लकडाउनका कारण उपत्यकाभित्र अलपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको विषयलाई छलफल मात्र भनिएको छ । उपत्यकामा हजारौं मानिसहरु स्थायी बसोबासको स्थान जान खोजिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button