मिनपाको वडा नं. ७ मा पनि राहत वितरण गरिदैँ



ढल्केवर– धनुषाको मिथिला नगरपालिका वडा नं. ७ मा पनि खाद्यन्य समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको छ ।


कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।

बिहिबार वितरण गरिरहेको खाद्यन्य सामग्रीमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र आधा लिटर खाने तेल रहको वडा अध्यक्ष युवराज उप्रतिले बताए ।

वडा नं. ७ मा ४ सय ३७ विपन्न घरपरिवारका लागि खाद्यन्य सामग्री वितरण भइरहेको छ । खाद्यन्य समस्या भएका परिवारहरुको बारेमा वडा सदस्यहरुले उपलब्ध गराएको अति नामावली तथा तथ्याङ्क सर्वदलिय समितिबाट निर्णय पास भएपछि सोहीअनुसार राहत सामग्री वितरण थालिएको वडा अध्यक्ष उप्रेतिले जनाए ।

वितरण गरिरहेको खाद्यन्य सामग्री प्रदेश सरकार र मिथिला नगरपालिकाको संयोजनमा उपलब्ध भएको छ । ४ सय ३७ घर परिवारलाई राहत वितरण गर्नुपर्ने भएपनि नगरपालिकाले हाललाई २ सय ४० घरपरिवारका लागि खाद्यन्य सामग्री उपलब्ध गराएको छ । उपलब्ध भएका सामग्री वितरण गरीरहेका छौं, बाँकी रहेकालाई क्रमश ः वितरण गर्ने वडा अध्यक्ष उप्रेतिले जानकारी दिए ।

राहत वितरण स्थलमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र उपमेयर तारा लामा बस्नेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button