सप्तरीमा साढे ४ सय अति विपन्न परिवारले राहत पाए



मेरो प्रदेश सम्वाददाता
सप्तरी


सप्तरीको सुरुङ्गा नगरपालिका –५ कुशहा तथा खडक नगरपालिका अमहा तथा विष्णपुरका ४ सय ५० जना विपन्न तथा असाहय घर परिवारका लागि राहत बितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले सन्त्रास फैलिरहेको समयमा सरकारले बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनका कारण हात मुखजोर्ने समस्यामा परेका सप्तरीका अति विपन्न परिवारलाई राहत वितरण गरिएको होे ।

नेपाल जन उथ्थान प्रज्ञा समाज सप्तरीका कार्यकारी निर्देशक मोहमम्द कलामुदिनको अध्यक्षतामा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ ।

राहतमा चामल ५ के.जी., एक केजी नुन, दाल एक केजी, खानेतेल,आधा लिटर हात धुने साबुन १ थान, मुरही ३ केजी, (भुजा), स्वाबिन ५०० ग्राम लगायतका सामग्री वितरण गरेको प्रज्ञा समाज सप्तरीका अध्यक्ष मोहमम्द अलाउदिनले बताए ।
यसैगरी बिहीबार सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा रामटोली, बनिगामा पासवान टोल, रामटोल, गहबर टोल कुशहा, कामतटोल तथा सुरङ्घा नगरपालिका–७ मुस्लिमटोल पोखरीया ,खडक नगरपालिकाका अमहा तथा विष्णपुरमा समेत राहत वितरण गरिएको सहभागी मोहमम्द मन्जुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button