सर्लाहीमा मोटरसाईकलबाट लडेर एक महिला गम्भिर घाईते

मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा मोटरसाईकलबाट लडेर एक महिला गम्भिर घाईते भएकी छिन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरबाट वीरगंजतर्फ जाँदै गरेको ना. ४१ प ८२०० नम्बरको मोटरसाईकलबाट लड्दा पर्सा जिल्लाको पोखरीया नगरपालिका–५ निवासी २३ वर्षीया निशा गुप्ता घाईते भएकी छिन ।
विहिबार बिहान सबा ६ बजे हरिवन नगरपालिका–९ स्थित नयाँरोड बजारदेखि पश्चिम लच्कामा दुर्घटना भएको हो ।
मोटरसाईकल निशाका श्रीमान आसत रौनियारले चलाएका थिए । निदाएका कारण चलिरहेको मोटरसाईकलमा पछाडी सवार निशा लडेका प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकी निशालाई उनकै श्रीमान आसतले हरिवन स्थित नमूना अस्पतालमा उपचार गराईरहेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।