प्रभु साहले रौतहटका स्थानीय तहमा कामगर्ने चिकित्सकहरुलाई स्वास्थ सामग्री बितरण गरे



मेरो प्रदेश सम्वाददाता
रौतहट
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले रौतहटका बिभिन्न स्थानीय तहमा कामगर्ने चिकित्सकहरुलाई स्वास्थ सामग्री बितरण गरेका छन्


। साहले रौतहट क्षेत्र ३ भित्र रहेका विभिन्न ६ वटा स्थानीयतहलाई आफ्नो पहलमा स्वास्थ सामग्री वितरण गरेका हुन ।

बुधबार साहकी श्रीमती तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारीले फतुवा बिजयपुर, गुजरा, गरुडा नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनहरुमा एन ९५ मास्क ५० थान, पिपिई सेट २ थान, सर्जिकल मास्क १ हजार थान, सेनेटाईजर १० लिटर राहत स्वरुप बितरण गरेकी हुँन् । निर्वाचन क्षेत्र ३ को कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिकामा भोली स्वास्थ्य सामग्री वितरण गरिने सांसद साहले जानकारी दिए । पहिलो चरणमा क्षेत्र ३ मा र पछि जिल्लाका सबै स्थानीय तहमा स्वास्थ सामग्री वितरण गर्ने योजना रहेको उनको भनाई छ ।

रौतहटको विभिन्न स्थानीय तहमा २७ क्वारेन्टाइनमा ८ सय ६४ बेड र २५ वटा आईसोलेसन कक्ष रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । क्वारेन्टाइनमा २ सय ३६ जना शंकास्पद बिरामी रहेका छन । ती मध्ये १३ जना बिरामी निको भएर घर फर्कीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button