कालोबजारी गरेको आरोपमा शंकर गुप्रका सञ्चालक अग्रवाल पक्राउ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कालोबजारी गरेको आरोपमा शंकर गुप्रका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा
नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ ।
नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्म लिएर बिक्री गरेका थिए ।
गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत चीनबाट २० हजार थान थर्मल गन ल्याएको प्रहरीले जनाएको छ ।