बर्दिवासको हात्तीलेटमा आज २ सय ३८ घरपरिवारलाई राहत वितरण



कोरोना भाइरसको सङ्क्रमणसँगै देशमा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, अति विपन्न ,असहाय, अपाङ्कलाई जीवनयापन गर्न अप्ठ्यारो परिरहेको अवस्थामा महोत्तरीको बर्दिवास नगरपालिका – ८ हात्तीलेटमा सोमबार कोरोना भाईरस रोकथाम राहत सिफारीस तथा वितरण समितीले २ सय ३८ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।


वडा नम्बर ८ का अध्यक्ष समशेर सिंह लामाको अध्यक्षतामा गठन भएको सो समितीले लकडाउनका कारण वडा भित्रका कुनैपनि नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले गरिब तथा अत्ति विपन्न मजदुरहरुको लगत संकलन गरेको थियो ।

 

 

संकलन गरिएको लगत संख्याको आधारमा नगरपालिकाले राहत प्याकेज बनाई वडा भित्र रहेका लक्षित घरपरिवारलाई वडा कार्यालयको मातहतमा राहत वितरण गरिएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

उनले वडामा बसोवास गर्ने नागरिकलाई सात दिन सम्मका लागि पुग्ने गरी ४ जना भन्दा माथि रहेका घर परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र १ थान हात धुने डिटोल साबुन राहत स्वरुप उपलब्ध गराएको जानकारी दिए ।

 

 

 

यसैगरी ४ जना सम्मको घर परिवारलाई १० किलो चामल, १ किलो दाल, आधा लिटर खाने तेल ,एक किलो नुन र १ थान हात धुने डिटोल साबुन वितरण गरिएको लामाले बताए ।

यसैबिच १९ जना घर परिवारले राहत नपाएको गुनासो गरेका छन् । यता वडा अध्यक्ष लामाले राहत नपाएका १९ घरपरिवारलाई दोश्रो चरणको राहत वितरणमा राहत उपलब्ध गराउने जाानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button