लुकिछिपि नेपाल प्रवेश गर्न लागेका तीन जना भारतीय पक्राउ

मेरो प्रदेश सम्वाददाता
बारा
बाराको कलैयास्थित मटिहर्वा क्षेत्रबाट खेतको बाटो हुँदै लुकिछिपि नेपाल प्रवेश गर्दै गरेका तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई भारतीय सशस्त्र सिमा बल एसएसबीको जिम्मा लगाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपती, सशस्त्र प्रहरी उपरिक्षक दिगबिजय सुवेदीले जानकारी दिए ।