सप्तरीको ६ ठाउँमा आगलागी हुँदा पाँच लाख भन्दा बढीको क्षति



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा शनिबार साँझ र राति भएको आगलागीमा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।


जिल्लाको विभिन्न ६ स्थानमा भएको आगलागीमा परेर तीनवटा गाईसहित विभिन्न पशुचौपायाको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिका १ मलकोरका ५२ वर्षीय अनवरुल शेखले लामखुट्टे धपाउन गोठमा बालेको घुरबाट आगो सल्किदा शेखको तीन वटा गाई जलेका छन् ।
आगलागीबाट सोही स्थानका अगनु शेखको गोठमा रहेका तीनवटा खसी र पाँचवटा कुखुरा पनि जलेका छन् ।

यसैगरी डाक्नेश्वरी नगरपालिका(९ निवासी राजलाल मेहताको गोठमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा गोठ र गोठभित्र रहेको अन्नपातसमेत जलेर नष्ट भएको छ ।

डाक्नेश्वरीकै वडा नम्बर ३ का जिवरी, अजिज र सुदिनको खाली खेतमा राखेको तीनवटा परालको टालमा आगलागी हुँदा २० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै बोदेबर्साई नगरपालिका(९ सिमराहा टोल बस्ने बेचन मण्डलको गोठमा र वडानम्बर ६ फुलकाही बस्ने राम सेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र इन्द्र ठाकुरको एक एकवटा परालको टालमा आगलागी भएको छ ।

खड्क नगरपालिका(५ खोजपुरका लक्ष्मी नारायण साहको १० कठ्ठा खेतमा लगाएको गँहुमा, सुरुङ्गा नगरपालिका(३ दौलतपुरस्थित सत्य नारायण चौधरीको तीनवटा परालको टालमा र रुपनी गाउँपालिका(४ छपकी बस्ने महेन्द्र मलाहको फुसको गोठमा आगलागी हुँदा परालको टालसमेत जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button