आगलागी पीडितलाई राहत प्रदान



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका आगलागी पीडित परिवारलाई शनिवार बिहान राहत बितरण गरिएको छ ।


सुक्रवार बेलुका अत्रौलीका रामबाबु महतो, लालबाबु महतो र रामकिशोर महतोको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भई लाखौँको क्षति भएको थियो ।

आगालागी पीडित तीनवटै परिवारलाई शनिवार बिहान हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले आगलागी पीडितलाई ३ बोरा चामल, १५ किलो आलु, ३ किलो दाल, ४ थान त्रिपाल, ३ थान जग, ३ थान बाल्टिन, ३ थान सरसफाई किट, ३ थान कम्बल लगायतका राहत सामग्री प्रदान गरेका हुँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button