कोरोनाविरुद्ध प्रदेशमा पर्याप्त तयारी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि दृढ इच्छाशक्तिका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै अहिलेसम्म आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ ।
मुख्यमन्त्री राउतले सात सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा र आठ सयभन्दा बढी होम क्वारेन्टाइनमा बसिरहेको जानकारी पनि दिएका छन् । उनले ७३ शब्याको आइसोलेसन तयारी अवस्थामा रहेको र अन्य तयार पार्ने काम भइरहेको बताउँदै प्रदेशका १३६ वटै पालिकालाई कम्तीमा २० शøया भएको क्वारेन्टाइन निर्माणका लागि आग्रह गरिएको र सोहीअनुरूप पालिकाहरूले काम गरिरहेको उल्लेख गरेका छन् । कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन पनि प्रदेश राजधानी जनकपुरधाममा जडान भइसकेको र शुक्रबारबाट नमुना परीक्षणको काम पनि सुरु भएकाले यहाँका बिरामीलाई अब उपचारमा सहज हुने उनले जानकारी दिएका छन् । (गोरखापत्रबाट)