भरतपुर अस्पतालमा ज्वरो र निमोनिया भएकी एक बिरामीको मृत्यु

मेरो प्रदेश सम्वाददाता
चितवन
चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनिया भएकी एक बिरामीको मृत्यु भएको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका–२ घर भएकी २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनिया भएर निधन भएको हो । हेटौंडा अस्पताल बाट रिफर भएर आएकी उनलाई
गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा आइसीयूमा राखिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
उनको स्वाब परीक्षण हुन बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।