कलैयामा १ सय १३ घरलाई राहत वितरण



मेरो प्रदेश सम्वाददाता
बारा
कोरोना भाइरसको सङ्क्रमणसँगै देशमा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यारो भएकाले बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्न वितरण गरिएको छ ।


वडामा रहेका ११३ घरलाई सात दिनका लागि पुग्नेगरी चामल, दाल, आलु, नुन र साबुन प्रदान गरिएको वडाध्यक्ष जटाशङ्कर सहनीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button