लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई लहानका स्थानीय युवाहरुले खाद्यान्न वितरण गरे

मेरो प्रदेश सम्वाददाता
सिरहा
लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई सिरहाको लहानका स्थानीय युवाहरुले खाद्यान्न वितरण गरेका छन ।
लहान नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार महतोले दिएको सूचना अनुसार लहान–८ का अति प्रभावित बिजन्न पासवान टोल, मण्डल टोल र डिह्बारथान टोलको विभिन्न स्थानमा बसोबास गर्ने १ सय ५ घर परिवारलाई घरमै पुगेर विद्यार्थी बिनोद यादव, निलेश यादव, लहान सिटी, जेसिस वर्ष २०१९ का अध्यक्ष राजु मण्डल, समाजसेवी प्रेम महतो, व्यापारी विकाश राय र मेडिकल सेल्स अफिसर मोहन सिंहलगायतका युवाहरुले संयुक्त रुपमा आफ्नै आर्थिक सहयोगमा करिब एक लाख बराबरको खाद्यन्न वितरण गरेका हुन ।
राहतमा ५ किलो चामल, आधि किलो दाल, २ किलो ५०० ग्राम आलु, १ किलो नुन १ किलो , स्वयाविन ३०० ग्राम,खाने तेल २०० ग्राम ,दालमोट १०० ग्राम,भुजा ४०० ग्राम,चाउचाउ ५र५ पिस,साबुन १–१ पिस, अदुवा, लसुन, खुर्सानी २५० ग्राम, धुलो खुर्सानी १०० ग्राम, तरकारी २ केजी वितरण गरिएको हो ।
सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न, ज्यालादारीमा काम गर्ने मजदुर, असहाय,अपाङ्ग, एकल महिला लगायतका परिवारलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा दाता हरुले खाद्यान्न वितरण गरेको वडा अध्यक्ष महतोको भनाइ छ ।