भारतमा एक नेपालीको मृत्यु, लकडाउनका कारण शव ल्याउन समस्या



मेरो प्रदेश सम्वाददाता
दार्चुला
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्ना रहेका छन ।


उनी लकडाउनका कारण घर फर्किन लागेका थिए । गत कात्तिकमा मजदुरी गर्न मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको मृतकका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी छैन ।
नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले भने “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछाँै, नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुप¥यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button