रौतहटमा १७ बर्षिय बालिका बलत्कृत भएको दुईदिन न बित्दै ८ बर्षिय बालिका बलत्कृत



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा शनिवार राति ८ बषर््िाय बालिका बलत्कृत भएकी छिन ।
रौतहटको फतुवा बिजयपुर वडा नम्बर ५ घर भएका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो घर नजिकैको छिमेककी ८ बर्षिया बालिकालाई बलात्कार गरेको बिजयपुर प्रहरीले जनाएको छ ।


शनिवार राति घरबाट नजिकैको किराना पसलमा खानेतेल किन्न गएकी बालिकालाई पाश्वानले समातेर नजिकैको गल्लीमा लगी जबरजस्ती करणी गरेका थिए ।
करणी गर्ने क्रममा पीडित बालिकाले रोई कराई गरेपछी स्थानीयले सुुनेर पाश्वानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरको प्रहरी टोलीले पाश्वानलाई नियन्त्रणमा लिएको
बिजयपुर प्रहरीले सोमवार घटना सार्वजनिक गर्ने क्रममा बताएको छ ।

यस अघि रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिय बालिका बलत्कृत भएको दुईदिन न बित्दै ८ बर्षिय बालिका बलत्कृत भएकी हुँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button