धनुषामा काठ तस्करी रोक्न वनले बढायो गस्ती



विजय साह
ढल्केवर (धनुषा) देशमा कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन भएको समयमा धनुषाको उत्तरी भेगमा रहेको सामुदायिक तथा राष्ट्रिय वनबाट काठ तस्करी हुन थालेपछि वन कर्मचारी र जनपद प्रहरीलगायत सुरक्षाकर्मीले सक्रियता बढाएको छ ।


प्रायः सबै सरकारी कार्यलय लकडाउनमा छन्, यही समयको मौकाको फाईदा उठाउदै जंगलवाट अबैध काठ तस्करी बढेको हो । काठ तस्करीलाई निरुत्साहित गर्न वन कर्मचारी र जनपद प्रहरीलगायत सुरक्षाकर्मीले सक्रियता बढाएको हुन् ।


यसै क्रममा ईलाका वन कार्यालय पुष्पवलपुर र ईलाका प्रहरी कार्यालय ढल्केवरका जनपद प्रहरीले संयुक्त टोलीले धनुषाको जलाद नदीस्थित जङ्गलबाट काठसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुकाहरुवाट काचाँ सालका दुई गोलियासहित दुई थान साइकल बरामद गरेको छ । थुप्रै काठ तस्कर जङ्गल प्रवेश गरेको थाहा पाएर ईलाका वन कार्यालय पुष्पवलपुरका वन रक्षक रामदेव यादवको कमाण्डमा खटिएको जनपद प्रहरीसहितको टोलीले जङ्गल क्षेत्रमा गस्ती गरेका थिए ।

यस्तै लकडाउनको समयमा काठ तस्कारहरु मौलाएको भन्ने सूचना प्राप्त भएसंगै ईलाका वन कार्यलय पुष्पवलपुरका वन अधिकृति सत्रुधन ठाकुरको नियमित गस्ती बढाई छ । लकडाउनको फाईदा उठाउदै यस क्षेत्रमा काँठ तस्करहरु सलबलाई रहेको खबरसंगै आफुहरु तस्करी नियन्त्रणमा लागि परेको अधिकृत ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button