सप्तरीमा दिउँसै मोटरसाईकल चोरी



मेरो प्रदेश सम्वाददाता
सप्तरी
लकडाउनको समयमा स्थानियबासी घरमै बसीरहँदा तथा सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदा हुँदै पनी सप्तरीमा दिउसै मोटरसाईकल चोरी भएको छ ।
सप्तरी सदरमुकाम राजविराज स्थित सहरी स्वास्थ्य क्लिनिक केन्द्र अगाडीबाट शनिवार दिउसो क्लिनिकका सञ्चालक सन्तोष दासको बा ४३ प २२१२ नम्बरको मोटरसाईकल चोरी भएको हो ।


क्लिनिकको कामले व्यस्त रहेका उनी काम सकेर क्लिनिक बाहिर निस्किदा मोटरसाईकल चोरी भएको थाहा पाएका थिए ।

उनको मोटरसाईकलको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button