बारा प्रहरीले चोरीको स्कारपियो बरामद गर्याे

मेरो प्रदेश सम्वाददाता
बारा
बारा प्रहरीले चोरीको स्कारपियो बरामद गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–८ कोतवाली स्थित जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सडकमा बेवारिसे अवस्थामा राखिएको भारतीय नम्बरको स्कारपियो बरामद गरेको हो ।
भारतबाट चोरी गरी नेपाल भित्र्याएको करिब नौ लाख ५० हजार रुपैयाँ बराबरको बिआर ०५ पी ५१८३ नम्बरको स्कारपियो गाडी बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
‘बरामद् गाडीलाई सिस्टममा चेक गर्दा गाडी चोरीको देखिएको छ । ‘बरामद् गाडी आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगञ्जमा बुझाईएको बताईएको छ।