कोरोनाका पाँचौ संक्रमित नेपालमा भेटिए

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। बेल्जियमबाट कतार हुँदै चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएकी बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो।