कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमण नेपालमा भेटियो ।



कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप एक नेपालीलाई भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाको संक्रमण ४ जनामा भएको छ । त्यसमध्ये १ जना निको भैसकेको छ भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जनामा कोरोना भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा कैलालीको धनगढीका ३४ वर्षीय ती पुरूषमा कोरोना भाइरस (कोभिड १९)ेजिटिभ भेटिएको थियो ।


उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको उक्त ३४ वर्षीय पुरुष संक्रमित बिरामी कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका छन् । उनी चैत ११ गते दुबई अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button