लकडाउनको अवधिमा दैनिक उपभोग्यका सामान बढी मूल्यमा बिक्री गर्ने ११ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषा प्रहरीले लकडाउनको अवधिमा दैनिक उपभोग्यका सामान बढी मूल्यमा बिक्री गर्ने ११ जनालाई पक्राउ गरी कारवाही थालेको छ ।
पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


पक्रउपर्ने ब्यबसायीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको भटिएपछी प्रहरीले पक्राउ गरेको हो ।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button