महोत्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा मटिहानी नगरपालिका–९ सिमरदही घर भएका सुनिल कुमार चौधरीको २ वर्षीय छोरा प्रिंसी कुमार चौधरी रहेका छन । चौधरी परिवार मंगलवार जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरको पोखरीमा मुण्डन समारोहको लागि गएका थिए । परिवार पुजामा व्यस्त भएको समयमा बालक खेल्दा खेल्दै पोखरीमा पुगेर डुबेको प्रहरीले जनाएको छ । डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button