मगर युवाहरूको सक्रियतामा सडकमै साबुन पानीले हात धुने व्यवस्था



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास स्थित मुख्यबजार क्षेत्रमा पानीको ट्यांकी र साबुन राखी हात धुने ब्यवस्था मिलाईएको छ । नेपाल मगर युवा संघ महोत्तरीले यो व्यवस्था गरेको हो ।


बिश्व भरिनै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यकासाथ बर्दिवासको मुख्य बजारको तिन स्थानमा पानीको ट्यांकी र साबुन राखिएको नेपाल मगर युवा संघ महोत्तरीका अध्यक्ष बोध बहादुर आलेले मेरो प्रदेश टि भी लाई बताए ।

यस्का साथै नेपाल मगर युवा संघ महोत्तरीले कारोना बिरुद्ध बिभिन्न जनचेतना जगाउँदै सडकमा हिँड्नेहरूलाई स्यानिटाइजर लगाउन समेत अनुरोध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button