अंसारीको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीको सम्सी गाउँपालिका २ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल अंसारीको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बालक अंसारीका आफन्तहरुले उनकी भाऊजुले घाँटीमा खुट्टाले थिचेर हत्या गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले अंसारीको शव उनको आफन्तहरुले जातीय संस्कार अनुसार स्थानिय कब्रगाह (चिहान) मा गाडिरहेको अवस्थामा त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । बालकको शव जिल्ला अस्पताल जलेश्वमा पोष्टमार्टमका लागि राखिएको छ । उनको शवको घाँटीमा दुवैतिर थिचिएको निलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button