आज बिहान १० बजेबाट भारतीय सिमानामा रहेका सर्लाहीको १५ वटै नाका बन्द



मेरो प्रदेश सम्वाददाता
सर्लाही


आज बिहान १० बजेबाट भारतीय सिमानामा रहेका सर्लाहीको १५ वटै नाका बन्द गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सर्लाही स्थित भारतसँग जोडिएका सबै सिमा नाका आजदेखी‘सिल’ गरिएको हो ।
सिमा नाकाबाट अत्यावश्यक बाहेक यात्रु ओहोरदोहोर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । सिमा नाका ‘सात दिनसम्मकालागी बन्द गरिने भएको छ ।’

सर्लाही स्थित १५ वटा नाका मध्ये हिजो देखि स्थानीय प्रशासनले मलंगवा र बलरा नाकाबाट मात्र आवतजावत गर्न दिएको थियो । सोमबारबाट भने ती दुई नाकाबाट समेत यात्रु लगायत सर्वसाधारणको आवतजावत बन्द गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button