सिरहामा ट्याक्टरको ठक्करबाट एक बलकको मृथ्यु



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा ट्याक्टरको ठक्करबाट एक बलकको मृथ्यु भएको छ । मृत्यु हुनेमा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागत महतो रहेका छन । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले बाmकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्वागतलाई उपचारका लागि लहानतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button