वीरगञ्जका एक प्रतिष्ठित व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि



मेरो प्रदेश सम्वाददाता
पर्सा
केही दिनअघि श्रीलंकाबाट फर्किएका वीरगञ्जका एक प्रतिष्ठित व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजले पुष्टि गरेको छ ।
६ दिन अघि मात्रै वीरगञ्ज स्थित गण्डक अस्पतालले उनलाई पटना रिफर गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले उनलाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button