बर्दिबास बजार आज देखि बन्द



बदिर्वास बजार आज देlख बर्दिबास  उद्योग वाणिज्य संघले आजदेखि बजार बन्द गर्ने निर्णय गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि अतिआवश्यक सेवा बाहेक बर्दिवास स्थित उद्योग, कलकरखाना बन्द गर्ने निर्णय गरिएको बर्दिबास उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।


बाणिज्य संघले कोरोना भाइरस संक्रमण विरुद्ध सचेत रहन सर्वसाधारणलाई आह्वान गर्दै महोत्तरीको बर्दिबास बजार बन्द गर्ने निर्णय गरीएको संघका अध्क्षय प्रलाद क्षेत्रीले जानकारी दिए

बर्दिबासको बजारमा कोरोना भाइरस संक्रमण हुन सक्ने त्रासका कारण उपभोक्ताहरुको पातलो उपस्थितीका कारण बजार सुनसान देखिन थालेपछि बर्दिवास उद्योग वाणिज्य संघले
चैत ९ गतेदेखि २१ गतेसम्म बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको छ । संघले चामल, दाल, तेल, नुन जस्ता खाद्यान्न दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराउने भएको छ भने, ‘अत्यावश्यक बाहेकका सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाईरस संक्रमण फैलिन नदिन सबै व्यापारी तथा नेपाली दाजुभाइ दिदी–बहिनीमा सरकारले गरेको निर्णय कार्यान्वय गरी सुरक्षित बस्न अनुरोध समेत गरेको छ ।
विपतको समयमा व्यबसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिन समेत आग्रह गरेको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताए ।

संघले व्यवसायीहरुको बैंक तथा वित्तिय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्न समेत सरकारसँग अनुरोध गरको छ । यता महोत्तरीको गौशाला बजार पनि केहि दिनका लागि बन्द गर्ने बारे आन्तरिक तयारी भइरहेको गौशाला नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button