बिद्रोही नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ

मेरो प्रदेश सम्वाददाता
रौतहट
नेत्रबिक्रम चन्दले नेतृत्व गरेको बिद्रोही नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले उनिहरुलाई रौतहट र मकवानपुरको सिमाना नजिकबाटै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत उप नाम भएका कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन ।
उनीहरुको साथ बाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आज १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।