महोत्तरीका सार्वजनिक स्थलमा सचेतनाकक्ष सञ्चालनमा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा कोरोना भाइरस भित्रिन नदिन जिल्ला भरका सार्वजनिक स्थल, सरकारी, गैरसरकारी कार्यालय, अस्पताल, मठमन्दिरर ,मस्जिदसहितका धार्मिकस्थल, स्थानीय तहका कार्यालय र सार्वजनिक चोकमा सचेतनाकक्ष सञ्चालन गरिएको छ । जिल्लाका भारतीय सीमावर्ती मुख्य नाका मटिहानी र भिठ्ठामोरमा स्वास्थ्यकर्मी र उपकरणसहितको स्वास्थ्य ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो


यसबाहेक जिल्लाको बाक्लो आवतजावत हुने स्थान खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, शिशवाकटैया, बथनाहा, मधवापुर, नैन्ही, मुसरपट्टी र पर्सापतैलीसहितका भारतसँग सीमा जोडिएका नाकामा स्वास्थ्य जाँच गर्ने, कोरोना भाइरस सङ्क्रमण हुन नदिन अपनाइनुपर्ने सचेतना सम्बन्धी सल्लाह दिने गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए उनले जिल्लाका सबै स्थानीय तहका कार्यालय र अन्य जनसरोकारका कार्यालयहरुमा समेत साबुनपानीले हातधुने व्यवस्था मिलाईएको र कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन हातेपर्चा वितरण गर्न थालिएको प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button