चरित्रहत्या गराउने नियतले लेखेको समाचार खण्डन



नेपाल पत्रकार महासङ््घ रौतहटका तत्कालीन तीन पदाधिकारीले समाचारको खण्डन गरेका छन् । बैंकिङ कसूरमा आफूहरुविरुद्ध कैद फैसला भएको भन्ने समाचार खण्डन गरेका हुन् ।


महासङ्घका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनाले आफूहरुले वादी उत्तमकुमार उपाध्यायलाई भुक्तान गर्नुपर्ने रु दुई लाख तथा कैदवापतको जनही रु दुई हजार माघ १० गते नै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जलाई बुझाइसकेको छ । उनीहरुले आफूहरुको चरित्रहत्या गर्ने नियतले समाचार सम्प्रेषण गरेको प्रति आपति जनाएका छन् ।

चेक बाउन्ससम्बन्धी मुद्दामा नेपाल पत्रकार महासङ्घ रौतहट जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको सुनाएको माघ १३ गते भएको फैसलासम्बन्धी अपुष्ट समाचार हिजो मात्रै सम्प्रेषण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button