रामेछापको खाँडादेवी गाउँपालिकामा नक्कली नोटको बिगबिगी, दुई जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रामेछाप


रामेछापको खाँडादेवी गाउँपालिका– १ राकाथुममा नक्कली नोटको बिगबिगी भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान आगाडि बढाएको छ । एक गोरु व्यापारीले गोरु खरिद गरे बापतको पैसामा बीचबीचमा नक्कली नोट समावेश गरेर वितरण गरेको तथ्य पत्ता लागेपछि प्रहरीले व्यापारी मार्फत स्थानीयलाई पैसा वितरण गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकाथुमका ढकबहादुर तामाङ र मझुवाका सार्की तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button