रौतहटबाट चोरीको बियर बरामद



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको एक घरबाट प्रहरीले लाखौं मूल्य बराबरको चोरिको करीब एक ट्रक बियर बरामद गरेको छ ।
प्रहरीले
विशेष सूचनाको आधारमा रौतहटको गरुडा नगरपालिका ६ अमरपटी गाउँका उमेश यादवको घरमा डेरा लिएर बस्दै आएका भारतीय नागरिक विकास साहकोे कोठाबाट ठुलो परिमाणमा बियर बरामद गरेको रौतहट प्रहरीले जानाएको छ ।


उनको कोठाबाट १४ सय १४ कार्टुन टुबोर्ग बियर बरामद भएको डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलन मार्फत मंगलबार जानकारी दिए। भारतको बिहार सितामढी बैरगनिया भर भएका आरोपी विकास साह भने फरार रहेको प्रहरीले जनाएको छ ।
बरामद बियरको २ वटा ट्रक ईलाका प्रहरी कार्यालय गरुडामा ल्याइएको छ । केहिदिन अघि चितवनस्थित टुबोर्ग बियर कम्पनीबाट एक ट्रक बियर जनकपुरको लागि पठाएको थियो । उक्त ट्रक जनकपुरसम्म न पुगेर बीचैबाट गायब भएको थियो । साहु र ट्रान्सपोर्टरले खोजतलास गर्दै जादा सुराकीको आधारमा उक्त बियर अमरपटी गाउँमा बरामद भएको हो। बरामद बियर लोड भएको भन्दा केही कम रहेको पीडित साहुको भनाइ छ ।

बियर ढुवानी गर्ने ट्रक चालक र भारतीय नागरिक विकासको खोजी भैइरहेको प्रहरीले जनाएको छ । आरोपीहरु पक्राउपछि रहस्य खुल्ने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बरामद बियरको बजार मूल्य ४२ लाख बढी पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button