एसइई परीक्षाको सम्पुर्ण तयारी प्रदेश २ मा पूरा



मेरो प्रदेश सम्वाददाता
धनुषा
आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा प्रदेश २ मा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताए ।


उनले भने, ‘प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।’
निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु मंगबलबारदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताए ।

यसवर्ष प्रदेश–२ को आठ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् । आठवटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ ।

यसवर्ष सप्तरीबाट नौ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट आठ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट आठ हजार २४, रौतहटबाट सात हजार ७०५ र पर्साबाट आठ हजार ५९ परीक्षार्थीको सहभागि हुँने छन ।
यसैगरी एसईईका लागी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ ।
यसवर्षको एसइई परीक्षालाई मर्या्दित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्या्दितरुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button